भन्सार छलीको १६० बोरा चिनी बरामद — OSNepal

भन्सार छलीको १६० बोरा चिनी बरामद

LC (KTM) September 27, 2021 0

सुनसरी, ११ असोज -जिल्ला प्रहरी कार्यालय सुनसरीले भारतबाट भन्सार छली नेपाल भित्र्याइएको १६० बोरा चिनी बरामद गरेको छ ।विशेष सूचनाको आधारमा प्रहरीले कोसी गाउँपालिका-१ भित्री सडकअन्तर्गत को१ख ५२१५ नम्बरको मिनी ट्रकमा लोड गर्दै गरेको अवस्थामा उक्त चिनी बरामद गरेको हो ।

बरामद गरिएको चिनीसहित ट्रकलाई भन्सार कार्यालय सेतुबन्ध कोसी ब्यारेजमा पठाइएको प्रहरीले जनाएको छ ।ट्रक चालक सिन्धुली कमलामाई नगरपालिका-४ बस्ने ४८ वर्षीय विरोध लामिछाने पक्राउ परेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर