राष्ट्रपति भण्डारीद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज — OSNepal

राष्ट्रपति भण्डारीद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज

LC (KTM) September 27, 2021 0

काठमाडौं, ११ असोज -राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरेकी छन् ।आज (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष अध्यादेश खारेजका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।सरकारले गत ९ भदौमा प्रतिनिधिसभा वा राजनीतिक दलको केन्द्रीय समितिको २० प्रतिशत सदस्य भए नयाँ दल दर्ता गर्न सकिने प्रावधानसहित अध्यादेश जारी गरेको थियो ।

अध्यादेश जारी भएकै दिन यसैको जगमा टेकेर नेकपा एमाले र जनता समाजवादी पार्टी विभाजन भएका थिए । तर, अध्यादेशका कारण लामो समयदेखि मन्त्रिपरिषद् विस्तार हुन नसकेपछि सरकारले अध्यादेश खारेज गर्ने निर्णय गरेको हो ।

जसपा र नेकपा (एकीकृत समाजवादी)का नेताहरूले अध्यादेश फिर्ता नभएसम्म मन्त्रिपरिषद्मा सहभागी हुने व्यक्तिको नाम पठाउन इन्कार गरेपछि सरकार अध्यादेश खारेजीको निष्कर्षमा पुगेको हो ।अध्यादेश खारेज भएसँगै अब सत्ता पक्षधर गठबन्धनका अन्य चार दलले मन्त्रीको नाम दिने भएका छन् । मन्त्रीको नाम दलबट प्राप्त भएलगत्तै मनित्रपरिषद् विस्तार गर्ने योजनामा प्रधानमन्त्री शेरबहादुर देउवा रहेका बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर