मुख्यमन्त्री शाक्यद्वारा स्काउटको शपथ — OSNepal

मुख्यमन्त्री शाक्यद्वारा स्काउटको शपथ

LC (KTM) September 27, 2021 0

वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले स्काउटको उद्देश्यलाई पूरा गर्न र प्रभावकारी बनाउन राजनीतिबाट टाढा राखेर उच्च मानवीय सेवामा लाग्नुपर्ने बताउनुभएको छ । नेपाल स्काउटको आज हेटौँडामा शपथ लिनुहुँदै सङ्घीयतामा मुलुक गएकाले अब स्काउटलाई पनि वाग्मती प्रदेशमा व्यवस्थित गर्नुपर्ने आवश्यकता रहेको औँल्याउनुभयो ।

मुख्यमन्त्री शाक्यले स्काउटप्रति जनविश्वास बढाउन तथा यसको भूमिकालाई सशक्त र प्रभावकारी बनाउन यसको संरक्षणमा आफूले भूिमका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । वाग्मती प्रदेशमा स्काउटको संरक्षक पदमा मुख्यमन्त्री हुने र वाग्मती प्रदेशको सामाजिक विकासमन्त्री प्रमुख स्काउट रहने व्यवस्था छ । सो अवसरमा मुख्यमन्त्रीका साथै सामाजिक विकासमन्त्री विजय सुवेदी र राज्यमन्त्री जुनेली श्रेष्ठले पनि शपथ गर्नुभएको थियो ।

सोही अवसरमा मुख्यमन्त्री शाक्यले हेटौँडा उपमहानगरपालिका प्रमुख हरिबहादुर महत र उपप्रमुख मीना लामा तथा नगर शिक्षा प्रमुख गङ्गाधर रिमाललाई शपथग्रहण गराउनुभएको थियो । यसैगरी प्रमुख महतले हेटौँडा उपमहानगर कमिटीलाई पनि शपथ गराउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर