ओमान संग मैत्रीपुर्ण खेलमा लज्जास्पद हार ब्यहोरेको नेपाल फुटबलमा नयाँ पाठ सिक्दै , नेपाली टोली साफ च्याम्पियनसिपको लागि माल्दिभ्स पुग्यो — OSNepal

ओमान संग मैत्रीपुर्ण खेलमा लज्जास्पद हार ब्यहोरेको नेपाल फुटबलमा नयाँ पाठ सिक्दै , नेपाली टोली साफ च्याम्पियनसिपको लागि माल्दिभ्स पुग्यो

LC (KTM) September 27, 2021 0

कतारमा प्रशिक्षणमा रहेको नेपाली फुटबल टोली साफ च्याम्पियनसिपको लागि माल्दिभ्स पुगेको छ । च्याम्पियनसिपकै लागि भनेर कतारमा नेपालले बिशेष तयारी तथा प्रशिक्षण लिएको थियो । नेपाली टिम कतार बाट सोझै माल्दिभ्स पुगेको हो ।

कतारमा रहदा नेपाली टोलीले प्रशिक्षण मात्र गरेन ओमानसँग मैत्रीपूर्ण खेल समेत खेलेको थियो । बरियताक्रमा निक्कै माथि रहेको ओमान संग नेपाली टोलीले लज्जास्पद हार ब्यहोरेको थियो । पहिलो हाफमा ओमान संग दूई एकको नतिजामा रहेको नेपाल दोस्रो खेलमा भने निरिह देखिएको थियो ।

दोस्रो हाफमा मात्रै ओमनले नेपालको पोष्टमा ५ गोल छिराएको थियो । नेपाल ओमानसँग सात दुई गोल अन्तरले पराजित भएको थियो। ओमान संगको मैत्रीपुर्ण खेल बाट पाठ सिक्दै नेपाल अब साफ च्याम्पियनसिपका लागि माल्दिभ्स पुगेको हो ।

असोज १५ देखि ३० गतेसम्म आयोजना हुने च्याम्पियनसिपमा नेपालले आयोजक माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। नेपाल र माल्दिभ्सबीचको खेल अक्टोबर असोज १५ मा मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर