साफ च्याम्पियनसिपका लागि श्रीलंकाले गर्यो टिमको घोषणा — OSNepal

साफ च्याम्पियनसिपका लागि श्रीलंकाले गर्यो टिमको घोषणा

LC (KTM) September 27, 2021 0

साफ च्याम्पियनसिप सहभागी हुने टिमहरुले धमाधम आ आफ्नो देशको टिम घोषणा गर्ने क्रम जारी रहेको छ । भारत, नेपाल र माल्दिभ्स पछि अब श्रीलंकाले पनि आफ्नो टिमको घोषणा गरेको छ । माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको लागि श्रीलंकाले आज आफ्नो टिमको घोषणा गरेको हो ।

श्रीलंकाले साफ खेल्ने २३ सदस्यीय टिमको घोषणा गरेको जानकारी दिएको छ । साफ च्याम्पियनसिप असोज १५ देखि ३० गतेसम्म आयोजना हुन गईरहेको छ । श्रीलंकाले यसपटक बंगलादेशसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ।

श्रीलंका र बंगलादेशबीचको खेल असोज १५ मा मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुनेछ। पाँच राष्ट्र सहभागी प्रतियोगिताको लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि असोज ३० मा प्रतिस्पर्धा गर्ने छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर