झापामा ट्राफिकले चेक गरिरहेको बेला आँखै अगाडी ट्रिपरले पिकअप गाडीलाई दियो ठक्कर , एक जनाको मृत्यु, गाडी पुग्यो नहरमा — OSNepal

झापामा ट्राफिकले चेक गरिरहेको बेला आँखै अगाडी ट्रिपरले पिकअप गाडीलाई दियो ठक्कर , एक जनाको मृत्यु, गाडी पुग्यो नहरमा

LC (KTM) September 27, 2021 0

झापाको शिबसताक्षीमा आज ट्रिपरले ठक्कर दिदा पिकअप गाडीका चालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा दमक ९ का ३९ बर्षिय नेत्र खड्का रहेका छन् । आज बिहान ट्राफिक प्रहरीले चेक गरिरहेकै ठाउँमा ट्रिपरले सानो गाडीलाई ठक्कर दिएको थियो ।

बिहान १० बजे तिर को२च २६३२ नम्बरको सो गाडीलाई टिपरले पछाडी बाट ठक्कर दिएको थियो । टिफरको ठक्करबाट गाडी उछिट्टिएर नहरमा खसेको थियो । ठक्कर दिने प्रदेश–०३–००१–क ००९५ नम्बरको टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पश्चिमबाट पूर्वतर्फजाँदै गरेको गाडीलाई टिपरले पछाडिबाट ठक्कर दिएकोथियो । ट्राफिकले गलत ठाउँमा चेक गरेको र सानो पिकअप गाडी स्लो गर्ने क्रममा पछाडी बाट आएको ट्रिपरले ठक्कर दिएको थियो । टिपरको ठक्करले मृत्युभए पछि स्थानीयले टायर बालेर राजमार्ग अवरुद्ध पारेका थिए । स्थानीयले केही समय चक्का जाम नै गरेका थिए ।

त्यहाका स्थानीय ट्राफिक प्रहरी संग खनिएका थिए । ट्राफिक प्रहरीले गलत ठाउँमा चेक गरेकोले यो घटना घटेको भन्दै उनीहरु आक्रोशीत भएका थिए । राजमार्गमा टायर बालेर प्रर्दशन गर्न थाले पछि माइधार क्षेत्र तनावग्रस्त भएको थियो । घटनालाई साम्य पार्न बाक्लो संख्यामा शसस्त्र प्रहरी र प्रहरीको उपस्थिती गराइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर