यस बर्ष प्रदर्शनमा नआउने भयो अमिर खानको फिल्म 'लाल सिंह चड्ढा' — OSNepal

यस बर्ष प्रदर्शनमा नआउने भयो अमिर खानको फिल्म ‘लाल सिंह चड्ढा’

LC (KTM) September 28, 2021 0

बलिउडका मिस्टर परफेक्सनिष्ट आमिर खान ३ दशक देखी फिल्ममा सक्रिय रहेका छन् । आमिरले आफ्नो करियरमा एकदमै धेरै फिल्ममा काम गरिसकेका छन् । उनी अहिले पनि फिल्म लाईनमा सक्रिय नै रहेका छन् तर फरक यति छ कि उनी अहिले एकदमै कम फिल्महरु खेल्छन् ।

तर उनी आफ्नो फिल्मलाई एकदमै परफेक्ट बनाउनमा केन्द्रित रहने गरेका छन् । उनी आफ्नो फिल्मको शुटिंगमा कुनै कसर बाँकि छोड्दैनन् । लामो समय देखी आमिर आफ्नो फिल्म लाल सिंह चड्डामा ब्यस्त रहेका थिए । अहिले यस फिल्मको शुटिंग सकिएको छ । अब उनको यो फिल्मको रिलिज डेट समेत बाहिर आएको छ ।

यस फिल्मको रिलिज डेट यसअघि क्रिसमसमा तोकिएको थियो । अब अहिले आएर यस फिल्मको रिलिज डेट फेरिएको छ । आमिर खान प्रोडक्शनको आधिकारीक इन्ष्टाग्राम एकाउण्टमा यो फिल्मको रिलिज डेट भ्यालेनटाइन्स डे को अवसरमा हुने बताइएको छ । त्यस्तै प्रशासनद्धारा २२ अक्टोबर देखी सिनेमा घर खोल्ने घोषणाको स्वागत समेत गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर