राष्ट्रसंघको महासभामा परराष्ट्रमन्त्री खड्काले गरे अतिवादको निन्दा — OSNepal

राष्ट्रसंघको महासभामा परराष्ट्रमन्त्री खड्काले गरे अतिवादको निन्दा

LC (KTM) September 28, 2021 0

काठमाडौं, १२ असोज – परराष्ट्रमन्त्री नारायण खड्काले संयुक्त राष्ट्रसंघको ७६औँ महासभामा सम्बोधन गर्दै अतिवादको निन्दा गरेका छन् ।

शान्ति, सुरक्षा र स्थायित्व प्रवर्द्धनका लागि नेपालले विगत ६३ वर्षदेखि राष्ट्रसंघमा योगदान पुर्‍याएको चर्चा गर्दै पराष्ट्रमन्त्री खड्काले जुनसुकै प्रकार र स्वरुपका अतिवादको नेपालले निन्दा गर्ने बताए ।

न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपाली मिसनले उल्लेख गरेअनुसार परराष्ट्र मन्त्री खड्काले मानव अधिकारको प्रवर्द्धन र रक्षामा पनि जोड दिए ।

उनले कोभिड-१९ विरुद्धको खोप सबै ठाउँका सबै मानिसले न्यायपूर्ण र समान ढंगबाट पाउनुपर्ने बताए । मावन जीवन रक्षाका लागि खोप अभियानलाई तीव्रता दिनुपर्ने उल्लेख गर्दै खड्काले कोभिडले कारणले देखिएको चुनौतीलाई सम्बोधन गर्न राष्ट्रसंघ लगायत अन्तर्राष्ट्रिय सामुदायले देखाएको सहयोगको प्रशंसा गरे । बाधा र चुनौतीका बाबजुत नेपालले २० प्रतिशत नेपालीलाई खोप लगाएको उनको भनाइ छ ।

तस्बिर स्राेत : न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपाली मिसन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर