सक्किगोनी’ को १३ औँ भागमा मुन्नि र बलेबिच यस्तो प्रेम, पाँडे फेरी धुर्मुसले बनाउन लागेको रंगशालामा पुगे (भिडियो)



काठमाडौं, मंसिर २७ । कुमार कट्टेल जिग्री र अर्जुन घिमिरे पाँडेको निर्देशनमा तयार भएको हाँस्य टेलिशृङ्खला ‘सक्किगोनी’को १३ औँ भाग सार्वजनिक भएको छ । नेपाल टेलिभिजनमा बिहीबार राति ८ः४५ बजे आउने हाँस्य टेलिशृङ्खला ‘सक्किगोनी’मा निकै लोकप्रिय हाँस्य टेलिशृङ्खला भद्रगोलमा देखिने पात्रहरु नै यसमा देखिएका छन् ।

जसको अभिनय दर्शकहरुले निकै रुचाएका छन् । १३ औँ भागमा प्रिया आचार्य मुन्नि र सागर लम्साल बले तथा जिग्री र रक्षाको प्रेम रोमान्सलाई देखाइएको छ । हेर्नुहोस् यो रमाइलो भिडियो

Comment