कपिलवस्तुमा बससँग विङ्गर ठोक्कियो : ९ घाइते, चार गम्भीर — OSNepal

कपिलवस्तुमा बससँग विङ्गर ठोक्कियो : ९ घाइते, चार गम्भीर

LC (KTM) September 28, 2021 0

कपिलवस्तु,१२ असोज-कपिलवस्तुको बाणगंगा नगरपालिका-४ जितपुरमा बस र विङ्गर एकआपसमा ठोक्किएका छन् । रुकुमबाट काठमाडाैं जाँदै गरेको बा४ख२४४८ नम्बरको बस र लु१ज३००६ नम्बरको विङ्गर ठोकिँदा नाै जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक दिलीप कार्कीले बताए ।

घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ । विङ्गर चालक बाणगंगा नगरपालिका-८ का सुदन क्षेत्री र नाम नखुलेका सहचालक गम्भीर घाइते भएक छन् । बसमा सवार रुकुमका पवन घर्ती मगर र अर्जुन बुढा मगरकाे अवस्था पनि गम्भीर छ । उनीहरूलाई थप उपचारका लागि बुटवल लगिएको छ । बाँकी घाइतेको कपिलवस्तु सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर