रमाइलो जोक्स प्रतियोगीताको उपाधि अनिल राईले जिते — OSNepal

रमाइलो जोक्स प्रतियोगीताको उपाधि अनिल राईले जिते

LC (KTM) September 28, 2021 0

काठमाडौं । अनलाइन नेपाली रमाइलो जोक्स प्रतियोगिताको उपाधि दार्जलिगंका अनिल राईले जितेका छन् । फस्ट रनरअप लुम्बिनीका निश्चल अर्याल र सेकेण्ड रनरअप काठमाडौंका सुलव भट्टराई बनेका छन् । त्यस्तै थर्ड रनरअप झापाका मनिष आचार्य भएका छन् भने फोर्थ रनरअप ललितपुरका महेश खनाल बनेका छन् । जसमध्ये उपाधि बिजेताले नगद ३ लाख रुपैयाँ जित्न सफल भएका छन् ।

त्यस्तै फस्ट रनरअप, सेकेण्ड, थर्ड र फोर्थले क्रमश २ लाख , १ लाख , ५० हजार र २५ हजार रुपैयाँ क्रमश प्रदान गरिएको कार्यक्रमका निर्देशक निर्देशक कमल राईले जानकारी दिए । रिदम स्क्रिनका निर्देशक राईका अनुसार कोरोनाको समयमा विश्वनै लकडाउनले थलिएका बेला संसारभर रहेका नेपालीहरुलाई थोरै भएपनि मनोरञ्जन होस् भन्ने हिसाबले यो रमाइलो मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरिएको हो । बुद्धि तामाङ (हैट) , अमेरिकमा रहेका अभिनेता भानु तिवारी र सिक्किममा रहेका दिलिप गुरुङ निर्माणक रहेको कार्यक्रमलाई कोरोना महामारीको समयमा दर्शकले रुचाएको आयोजनले जनाएको छ ।

प्रतियोगीताको फाइनलको अवसरमा गायिका टिका लामिछाने, कार्यक्रमका निर्देशक कमल राई, गायक तथा कार्यक्रमका स्पोन्सर रोशन अधिकारी, गायक किरण गजमेर, गायिका मञ्जु लामा, गायक प्रनिम राईले प्रस्तुती दिएका थिए । त्यस्तै कार्यक्रमका मुख्य प्रायोजक तथा नक्षेत्र फाउण्डेसनका सिइओ अर्जुन सुवेदी, उपाधि विजेता अनिल राईले कार्यक्रम प्रभावकारी बनेको बताए । कार्यक्रमको संचालन अमेरिकामा सुनिता गुरुगंले र नेपालमा राधिका कँडेलले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर