कात्तिक ७ र ८ गते बालबालिकालाई भिटामिन ’ए’ खुवाइने — OSNepal

कात्तिक ७ र ८ गते बालबालिकालाई भिटामिन ’ए’ खुवाइने

LC (KTM) September 28, 2021 0

काठमाडौँ – कात्तिक ७ र ८ गते बालबालिकालाई भिटामिन ’ए’ खुवाइने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ’ए’ क्याप्सुल, १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने भएको हो।

६ देखि २३ महिनाका बालबालिकाहरुलाई बहुसुक्ष्म पोषक तत्व बालभिटा पनि दिइने भएको छ। यसअघि कात्तिक २ र ३ गतेका लागि तय भएको कार्यक्रमको मिति दशैंका कारण परिवर्तन गरिएको थियो।

आजै मन्त्री खड्काले बहराइनका आफ्ना समकक्षी अब्दुल लतीफ बिन राशिद अल ज्यानीसँग भेट गरे। भेटमा उनीहरूले मानव संसाधन, व्यापार, लगानी र पर्यटनको क्षेत्रमा द्विपक्षीय सहयोगबारे छलफल गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर