शिल्पा शेट्टीको फिलोसपीमा अभिनेत्री शर्लिन चोपडाको ब्यंग , पतिदेबको कर्तुतमा रतिभर अफसोस छैन — OSNepal

शिल्पा शेट्टीको फिलोसपीमा अभिनेत्री शर्लिन चोपडाको ब्यंग , पतिदेबको कर्तुतमा रतिभर अफसोस छैन

LC (KTM) September 28, 2021 0

पछिल्लो समय अभिनेत्री शर्लिन चोपडा शिल्पा शेट्टी माथि लगातार निशाना साँधिरहेकी छिन् । पोर्नाेग्राफी केसलाई लिएर शर्लिनले फेरि एक पटक शिल्पा शेट्टी बिरुद्ध ब्यंग प्रहार गरेकी छिन् ।

शर्लिनले ट्वीटरमा शिल्पालाई आफ्नो पति राज कुन्द्राको हर्कत प्रति रतिभर अफसोस नभएको आरोप लगाएकी छिन् । शिल्पाको फिलोसपीलाई शर्लिनले साष्टांग दण्डवत प्रणाम समेत गरेकी छिन् । युजरको एक ट्वीटमा कमेन्ट गर्दै शर्लिनले लेखेकी छिन्– दीदीको रतिभर अफसोस छैन आफ्नो पतिदेबको कर्तुत प्रति ।

तपाई भन्नु हुन्छ कि तपाईको जिन्दगीको फिलोसपी हो–एज अ सेलिब्रेटी , यु शुड नेभर कम्प्लेन एण्ड नेभर एक्सप्लेन । गज्जबको फिलोसपी । साष्टांग दण्डवत प्रणाम त पक्कै बन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर