सामाजिक संजाल फेसबुकमार्फत नक्कली आइडी बनाइ आफ्नै केटी साथीलाई ठगी गरी फरार भएका केदार पक्राउ — OSNepal

सामाजिक संजाल फेसबुकमार्फत नक्कली आइडी बनाइ आफ्नै केटी साथीलाई ठगी गरी फरार भएका केदार पक्राउ

LC (KTM) September 28, 2021 0

काठमाडौं १२ असोज । सामाजिक संजाल फेसबुकमा आफु युके नागरिक भएको भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भोजपुर जिल्ला साल्पासिलिछो गाउपालिका वडा नं. ४ लिम्खिया स्थायी ठेगाना भएका हाल काठमाण्डौ बुढानिलकण्ठ न.पा. वडा नं. १० चुनिखेल बस्ने ३१ वर्षीय केदार राई रहेका छन् ।

सामाजिक संजाल फेसबुकमा आफ्नै महिला साथिलाई K.D.Gorkhali नामको आईडी बाट Friend Request पठाई साथी बनी म U.k को लाहुरे हुँ, हाल U.k मा छु भनि निजले मलाई माया गर्छु, तिमिलाईU.k मा लैजान्छु, मेरो श्रीमती इटहरीमा सवारी दुर्घटनामा परी मृत्यु भएको हो, छोराछोरी लण्डलमा होस्टल राखेको छु, नेपालमा आमा हुनुहुन्छ भन्ने जस्ता म्यासेजन्जर मार्फत कुराकानी हुदै गएको प्रहरीको अनुशन्धानबाट खुल्न आएको छ ।

गत भदौ १६ गतेको मेसेन्जरमा फोन तथा म्यासेज गरी निजले आफ्नो आमा कलेजोको रोगी भई बिरामी परेर ग्राण्डी अस्पतालमा उपचारत रहनु भएकोले केहि रकम आवश्यक परेको छ मेरो दाई लिन आउनु हुन्छ भनी विश्वासमा पारी पटक पटक गरी पिडितबाट नगद रु १,६०,५००।–, सुनको बेरुवा औठी, सुनको लकेट सहितको सिक्री समेतको धनमाल आफै लिई ठगी गरेको भन्ने व्यहोराको जाहेरी दरखास्त महाशाखामा पर्न आएकोमा उक्त जाहेरी दरखास्तको आधारमा निजालई पक्राउ गरिएको हो ।

उनलाई थप अनुशन्धानको लागि महानगरीय प्रहरी बृत बौद्ध पठाइएकोम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर