म्युजिक भिडियोमा हट अवतारमा देखिइन् साम्राज्ञी शाह, लामो समय पछि सेटमा फर्किन पाएको यसरी साटिन खुशी — OSNepal

म्युजिक भिडियोमा हट अवतारमा देखिइन् साम्राज्ञी शाह, लामो समय पछि सेटमा फर्किन पाएको यसरी साटिन खुशी

LC (KTM) September 28, 2021 0

कोरोनाको महामारीका बेला फिल्म क्षेत्र पनि ठप्प नै रह्यो । कलाकारहरुले काम पाएनन् । अझ भनौ ठुलो पर्दाका हिरो हिरोइनहरु लाई त खडेरी नै पर्यो । तर केही ठुलो पर्दाका नायक नायिकाहरुले म्युजिक भिडियो नै खेलेर भए पनि आफुलाई चलायमान नै राखे ।

यस्तै ठुलो पर्दाकी चलेकी हिरोइन मध्ये एक हुन् साम्राज्ञी शाह । उनी पनि झण्डै यो २ बर्ष पर्दा बाट टाढै बसिन् । अब भने उनी सानै पर्दामा भए पनि आफुलाई दर्शक तथा स्रोता माझ जोड्न तयार भएकी छिन् । महंगी नायिकाको रुपमा चिनिएकी साम्राज्ञी आफुलाई अब म्युजिक भिडियोमा प्रस्तुत गर्दै छिन्।

हल खुल्ने नखुल्ने , खुले पनि चल्ने नचल्ने भनेर दोधारमा रहेको बेला उनी भने म्युजिक भिडियो मार्फत भए पनि चल्ने पक्का देखिएको छ । ट्री इन्टरटेनमेन्टले निर्माण गरेको चर्चित गायक विश्व नेपाली र अस्मिता अधिकारीको स्वर रहेको सो म्युजिक भिडिओमा साम्राज्ञीलाई अब देख्न पाईने पक्का भएको छ ।

आफु अब सेटमा फर्किएको इन्स्टाग्राममार्फत फोटो सार्वजनिक गर्दै साम्राज्ञीले जानकारी दिएकी छिन् । उनले सेटमा फर्कन पाउँदा खुशि लागेको प्रतिक्रिया दिएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर