• २०७८ असोज ३० शनिबार

ताजा अपडेट

धेरै पढिएको

आइपीएलमा कोलकत्ताको जित, दिल्ली ३ विकेटले पराजित

आइपीएलमा कोलकत्ताको जित, दिल्ली ३ विकेटले पराजित


  • ओएसनेपाल
  • असोज १२ २०७८, मंगलबार
  • २:३९ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < २ मिनेट
  • 1.2K
    SHARES

    कोलकत्ता नाइटराइडर्सले ईन्डियन प्रिमियर लिग आईपीएल टी ट्वान्टी क्रिकेटको आज भएको खेलमा बिजयी भएको छ । कोलकत्ता नाइटराइडर्सले दिल्ली क्यापिटल्सलाई हराउदै बिजयी भएको हो ।

    आज भएको खेलमा कोलकत्ताले दिल्लीलाई ३ विकेटले पराजित गरेको हो । कोलकत्तालाई दिल्लीले सुरुमा १ सय २८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । उक्त लक्ष्य कोलकत्ताले १८ ओभर २ बलमा ७ विकेट गुमाएर पूरा गर्न सफल भएको थियो ।

    कोलकत्ताा लागि नितिस रानाले अविजित रहदै ३६ रन बनाए । सुबमन गिलले ३० रन बनाए । दिल्लीका आभेस खान एक्लैले ३ विकेट लिन सफल भएका थिए । यस अघि दिल्लीले निर्धारीत ओभरमा ९ विकेट गुमाएर १ सय २७ रनको स्कोर खडा गरेको थियो । दिल्लीका लागि स्टिभ स्मिथ, ऋषव पन्तले समान ३९ , शिखर धवनले २४ रन बनाएका थिए ।

    कोलकत्ताका लक्की फोर्गुसन,सुनिल नारिने र भेन्कातेस आयरले समान दुई दुई विकेट लिएका थिए । आजको यो जितसँगै कोलकत्ताले ११ खेलमा १० अंक जोडेको छ । दिल्लीको भने ११ खेलमा १६ अंक रहेको छ ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend