भर्खरै इन्गेजमेन्ट गरेकी गायिका ईन्दिरा जोशी क्लबमा यसरी भेटिइन् — OSNepal

भर्खरै इन्गेजमेन्ट गरेकी गायिका ईन्दिरा जोशी क्लबमा यसरी भेटिइन्

LC (KTM) September 28, 2021 0

कसैलाई थाहै नदिई सुटुक्क इन्गेजमेन्ट गरेकी चर्चित गायिका इन्दिरा जोशी अहिले चर्चामा रहेकी छिन् । कसैले अनुमान पनि गरेका थिएनन् कि उनी अफेयरमा छिन् र चाँडै इन्गेजमेन्ट गर्छिन् भन्ने ।

उनले सबैलाई आश्चर्यमा पार्दै फेसन डिजाइनर शरद केडिया संग खुम्बुमा पुगेर मायाको निशानी स्वरुप औँठी लगाईन् । हेलिकप्टर मार्फत खुम्बु पुगेर इन्गेजमेन्ट अनाउन्स गर्दा उनी एकदमै चर्चाको बिषय बन्न पुगिन् ।

सुटुक्क इन्गेजमेन्ट गरेका यो जोडी अहिले भने सार्वजनिक रुपमा खुलेर आउन थालेका छन् । प्रचारबाजी र मिडियालाई नराम्रो संग हावा खुवाएका यी जोडी खुम्बु आइसफलको रमाईलो पल पछि अरु तिर पनि देखिन थालेका हुन् । उनीहरु एक्कासी शनिबार दरबारमार्गको किंग्स लाउन्ज क्लबमा भेटिए ।

उनीहरुले यति बेला एकदमै मस्तिमा रहेका छन् । क्लबमा उनीहरु दई जना मात्र थिएनन् उनिहरुको साथमा संगीतकार न्यूह बज्राचार्य र भिजे सुशिल नेपाल पनि थिए । नेपाल आइडल देखी नै न्यूह र सुशिल इन्दिराका सबैभन्दा मिल्ने साथी बनेका हुन् । आफ्नो इन्गेजमेन्टको ट्रिट दिन मिल्ने साथीहरु लाई क्लबमा इन्दिराले बोलाएको हुन सक्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर