कोरियाको लाखौँ कमाउने जागिर छाडेर खाग तस्करीमा कसरी लागे ३२ वर्षीय गोपाल — OSNepal

कोरियाको लाखौँ कमाउने जागिर छाडेर खाग तस्करीमा कसरी लागे ३२ वर्षीय गोपाल

LC (KTM) September 28, 2021 0

चितवन, १२ असोज – गैँडाकोट नगरपालिका- १ धारापानी बस्ने ३२ वर्षीय चतुरे भन्ने गोपाल सारु कोरियाको जागिर छाडेर गैँडाको खाग तस्करीमा संलग्न भएको पाइएको छ ।

अनुसन्धान अधिकृत सरोजमणि पौडेलका अनुसार पाँच वर्ष कोरिया बसेर नेपाल आएका गोपालले सुरुमा काठको कारोबार गर्न खोजेका थिए ।
कवि भन्ने रामकुमार श्रेष्ठले गोपाललाई खाग बेच्दा लाखौँ रुपैयाँ कमाइ हुने प्रलोभन देखाएर खाग तस्करीमा संलग्न गराएको पाइएको अनुसन्धान अधिकृत पौडेल बताउँछन् ।

‘कोरियामा महिनामा डेढ लाख रुपैयाँ कमाउँदै आएको गोपालले यहाँ आएर काठको कारोबार गर्न खोजेको तर उसका नजिक बनेका कविले उसलाई खाग तस्करीमा संलग्न गराइएको पाइन्छ’, उनले भने ।

गैँडाको चोरी शिकारीमा एउटै घरपरिवारका दाजुभाइ संलग्न भएको पाइएको छ । सिंहराम, सरोज र जयबहादुर एउटै परिवारका दाजुभाइ भएको उनले बताए ।

सजाय भोगेर अदालतबाट छुटेका मुख्य योजनाकारहरू पुनः गैँडा तस्करीमा लागेका देखिएको उनी बताउँछन् । कतिपय अभियुक्तले अदालतमा पुगेर बयान फेर्दा धरौटीमा पनि छुट्ने गरेको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर