गायक निशान भट्टराई लाई माया गर्न साथ दिईन् रचना रिमालले — OSNepal

गायक निशान भट्टराई लाई माया गर्न साथ दिईन् रचना रिमालले

LC (KTM) September 28, 2021 0

अहिले चलेका गायक गायिका मध्ये निसान भट्टराई र रचना रिमाल पनि एक हुन् । स्रोता तथा दर्शकले यो जोडीको स्वरमा सजिएको गीत सुन्न एकदमै लालायित रहेका थिए । अब स्रोता तथा दर्शकको यो चाहना पुरा भएको छ ।

निसान र रचनाको सुमधुर आवाजमा रहेको ‘माया गर्नलाई’ बोलको गीत सार्वजनिक भएको छ । प्रदिप चापागाईको शब्द तथा दीपक शर्माको संगीत रहेको यो गीत एकदमै रोमान्टिक शैलीको रहेको छ । यस गीतको संगीत संयोजन उदय राज पौडेलले गरेका हुन ।

यस गीतको म्युजिक भिडियोमा अहिले चलेका मोडल सुधिर श्रेष्ठ र गरिमा शर्मा आफ्नो अभिनयलाई निक्कै उत्कृष्ट शैलीमा देखाएका छन् । अर्जुन तिवारीको छायांकन रहेको यो गीतको भिडियोलाई शान थापाले निर्देशन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर