जकार्ताका लागि रोहित चन्दको गोल , अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो — OSNepal

जकार्ताका लागि रोहित चन्दको गोल , अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो

LC (KTM) September 28, 2021 0

नेपाली राष्ट्रिय टिमका सदस्य रोहित चन्द देश मात्र हैन बिदेशमा समेत चर्चित रहेका छन् । उनी इण्डोनेसिया लिग वानमा चर्चित खेलाडी हुन् । तर उनै सम्मिलित पर्सिजा जकार्ता ईन्डोनेसियाको लिग वान फुटबलमा बराबरीमा रोकिएको छ ।

आज भएको खेलमा जकार्ताले पेर्सितासँग एक एक गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । जकार्ताका लागि रोहित चन्दले सुरुवात मै गोल गरेका थिए । सुरुवाती एक गोल गरे पनि अग्रता जोगाउन नसक्दा जकार्ता बराबरीमा रोकिएको हो ।

खेलको ३१ औं मिनेटमा रोहित चन्दले गोल गरेका थिए । तर, खेलको ११ औ मिनेटमा इर्स्याद मौलानाले गोल गर्दै पेर्सितालाई एक एक गोलको बराबरीमा ल्याएका थिए । आजको यो बराबरी सँगै जकार्ताले ५ खेलमा ७ अंक जोडेको छ । जकार्ता सातौं स्थानमा रहेको छ । पेर्सिताले ७ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर