पिपलाडीकै एक महिलालाई भारतको नयाँ दिल्ली पुर्याएर बेचविखन गर्ने ४५ वर्षीय गणेशलाई घरबाट समात्यो प्रहरीले — OSNepal

पिपलाडीकै एक महिलालाई भारतको नयाँ दिल्ली पुर्याएर बेचविखन गर्ने ४५ वर्षीय गणेशलाई घरबाट समात्यो प्रहरीले

LC (KTM) September 28, 2021 0

पिपलाडीकै एक महिलालाई भारतको नयाँ दिल्ली पुर्याएर बेचविखन गर्ने ४५ वर्षीय गणेशलाई घरबाट समात्यो प्रहरीले
कञ्चनपुरमा मानव बेचविखन तथा ओसारपसारमा संलग्न एक अभियुक्त १२ वर्षपछि आज पक्राउ परेका छन् । पक्राउ पर्नेमा साविकको पिपलाडी गाविस–३ का ४५ वर्षीय गणेशप्रसाद जोशी रहेका छन् ।

जोशीले पिपलाडीकै एक महिलालाई ललाईफकाई बेचविखन गर्न भारतको नयाँ दिल्ली पु¥याएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ति महिलाका आफन्तले २०६४ सालमा जोशीविरुद्ध मानव बेचविखनको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालयमा उजरी दिएका थिए । प्रहरीले जोशीविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेका थियो । जिल्ला अदालतले २०६६ जेठ २५ गते उक्त मुद्दाको फैसला गर्दै जोशीलाई २० वर्ष कैद तथा रु दुई लाख जरिवाना गरेको थियो ।

फारर अभियुक्त जोशीलाई जिल्ला प्रहरी कार्यालयको टोलीले उनकै घरबाट पक्राउ गरेको हो । प्रहरीले उनलाई आजै जिल्ला अदालत समक्ष पेश गरेको थियो । जिल्ला अदालतले अभियुक्त जोशीलाई कारागार चलान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर