एक बालकलाई यसरी कपनको टहरा बाट अपहरण गरेर भारतको बिहार पुर्याएको खुलासा — OSNepal

एक बालकलाई यसरी कपनको टहरा बाट अपहरण गरेर भारतको बिहार पुर्याएको खुलासा

LC (KTM) September 28, 2021 0

भारत घर भएर काठामाण्डौको कपनमा एक टहरोमा बस्दै आएका थिए बिनोद शर्मा । उनका छोरा पियुस पनि संगै रहदै आएका थिए । टहरोमै पियुसका ठुलो बुवा मिठु शर्मा पनि बस्दै आएका थिए । साथमा शंकर दास पनि थिए ।

सबै संगै मिलेर बसेका थिए । तर शंकरदासको मनमा चलेको कुरा न त पियुसको बुवा लाई थाहा भयो न त ठुलो बुवालाई नै । अन्तमा पियुसलाई अपहरण गरेर शंकरले भारतको बिहार पु¥याएको खुले पछि सबै दंग परे ।

अपहरण भएको जानकारी पाउना साथ नेपाल र भारतका प्रहरीहरु अपहरणकारी खोज्न लागि परे । अन्ततः पत्ता लाग्यो बालक अपरहण गरेर बिहार पु¥याइएको रहेछ । पियुसको सोमबार दिउँसो साढे ४ बजे अपहरण भएको थियो। प्रहरी उच्च स्रोतका अनुसार पियुसको सोमबार ठूलोबुवा मिठु शर्माको टहराबाट अपहरण भएको हो।

बालकलाई भारत पुर्‍याउने दासलाई नियन्त्रणमा लिएर नेपाल ल्याइ अनुसन्धान गरिने प्रहरीले जनाएको छ । अपहरणमा परेका बालक र अपहरणमा संलग्न भनिएका दास दुवैको घर भारत रहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर