मानसिक सन्तुलन गुमाएकी एक महिलालाई ८ जनाले गरे सामुहिक बलात्कार, हात खुट्टा बाँधेर पिट्दै बलात्कार गरेको पीडितको बयान — OSNepal

मानसिक सन्तुलन गुमाएकी एक महिलालाई ८ जनाले गरे सामुहिक बलात्कार, हात खुट्टा बाँधेर पिट्दै बलात्कार गरेको पीडितको बयान

LC (KTM) September 28, 2021 0

भारतको उत्तर प्रदेशको राजधानी लखनउमा मानसिक रुपमा कमजोर महिला लाई बन्धक बनाएर ८ जनाले सामुहिक बलात्कार गरेका छन् । आरोपीहरुको सहयोगका लागि एक महिला समेत रहेकी थिईन् । पीडित पक्षले पुलिसमा शिकायत दर्ता गरे पछि चार जनालाई प्रहरीले गिरफ्तार गरेको थियो ।

अरु ४ जना अझै फरार नै रहेका छन् । पीडित महिला कृष्ण नगर थाना क्षेत्रकी रहेकी छिन् । उनको पिता रेलवेमा हेड क्लर्क पदबाट रिटायर रहेका छन् । पीडितलाई कृष्णा नगरको आरती जुस कर्नर बाट एक अटो चालकले घर छोडिदिने बहानामा अटोमा राखेर अर्कै तिर लगेका थिए ।

आलमबाग रेलवे कोलोनीमा लगेर ८ जनाले ति महिलालाई पालै पालो बलात्कार गरेका थिए । उनीहरुले ति महिलाको हात खुट्टा बाँधेर पालै पालो बलात्कार गरेका थिए । बलात्कार गर्दा ति पीडित महिलाको लुगा च्याति दिएको तथा उनलाई कुट्दै बलात्कार गरेका थिए ।

ति महिला बेहोस भएकी थिईन् । पछि प्रहरीको सहयोगमा बलात्कारमा संलग्न ४ जनालाई पक्राउ गरिएको हो । पीडित महिला मानसिक रुपमा कमजोर रहेकी छिन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर