प्रधानमन्त्री मोदीले स्वर साम्राज्ञी लता मंगेशकर लाई यसरी दिए जन्म दिनको दिए शुभकामना , दीदी भनेर संबोधन गरे — OSNepal

प्रधानमन्त्री मोदीले स्वर साम्राज्ञी लता मंगेशकर लाई यसरी दिए जन्म दिनको दिए शुभकामना , दीदी भनेर संबोधन गरे

LC (KTM) September 28, 2021 0

२८ सेप्टेम्बर स्वर साम्राज्ञीको रुपमा चर्चित भारतीय गायिका लता मंगेशकर आफ्नो जन्म दिन मनाई रहेकी छिन् । करोडौ ब्यक्तिको मन मुटुमा बस्न सफल गायिका लता लाई देश बिदेश बाट समेत जन्म दिनको शुभकामना दिनेहरुको घुँइचो नै लाग्यो ।

उनलाई भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि लेजेण्डरी सिंगर लतालाई जन्म दिनको बधाई तथा शुभकामना दिएका छन् । प्रधानमन्त्री मोदीले ट्वीटरमा लेखेका छन्– आदरणीय लता दीदी लाई जन्म दिनको शुभकामना । उनको सुरिलो आवाज संसारभर गुन्जिन्छ ।

भारतीय संस्कृतिको लागि उनको बिनम्रता र समर्पणलाई सम्मान दिनुपर्छ । ब्यक्तिगत रुपमा उनको आशीर्बाद शक्तिको एक ठुलो स्रोत हो । म लता दीदीको लामो आयु तथा स्वास्थ्य जिवनको कामना गर्दछु । नरेन्द्र मोदीले हरेक बर्ष लतालाई जन्म दिनको शुभकामना दिने गरेका छन् । लता र मोदी बीच एकदमै राम्रो सम्बन्ध रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर