नेदरल्यान्डका प्रधानमन्त्री मार्क रुटको हत्या योजना बनाएको आरोपमा एक राजनीतिज्ञ पक्राउ — OSNepal

नेदरल्यान्डका प्रधानमन्त्री मार्क रुटको हत्या योजना बनाएको आरोपमा एक राजनीतिज्ञ पक्राउ

LC (KTM) September 28, 2021 0

नेदरल्यान्डमा राजनितीक हलचल भएको छ । त्यहाका प्रधानमन्त्री मार्क रुटको हत्या योजना बनाएको खुलासा भए पछि अनेक अड्कलबाजी सुरु भएका छन् । उनको हत्याको आशंकामा प्रहरीले एकजना राजनीतिज्ञलाई नै पक्राउ गरेको छ।

हेगबाट उनलाई पक्राउ गरिएको बीबीसीले जनाएको छ। पक्राउ पर्नेमा आर्नोउड भान डोर्न रहेका छन् । प्रधानमन्त्री मार्कमा सुरक्षा सेवाले हेग युनिटी पार्टीका नेता डोर्नलाई पक्राउ गरिएको जनाएको छ।

प्रधानमन्त्री मार्क रुट बस्‍ने क्षेत्रमा शंकास्पद गतिविधिहरु गर्न थालेपछि उनलाई पक्राउ गरिएको जनाइएको छ। तर उनी पक्राउ पर्ने बित्तिकै रिहा गरिएको समेत बताइएको छ। आर्नोउडका वकिल अनिस बोउमान्जलले उनले हत्याको योजना बनाएको कुनै पर्याप्त कारण नभएको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर