मानब बेचबिखनमा संलग्न रहेका गणेश १२ वर्षपछि पक्राउ परे — OSNepal

मानब बेचबिखनमा संलग्न रहेका गणेश १२ वर्षपछि पक्राउ परे

LC (KTM) September 29, 2021 0

मानव बेचविखन तथा ओसारपसार मुद्दाका फरार पक्राउ परेका कसुरदार साविक पिपलाडी गाउँ विकास समिति–३ ९हाल शुक्लाफाँटा नगरपालिका–१० का ४५ वर्षिय गणेशप्रसाद जोशीलाई मङ्गलबार सार्वजनिक गर्दै प्रहरी । अदालतबाट २० वर्ष कैद सजाय तोकिएका जोशी १२ वर्षपछि पक्राउ परेका हुन ।

फरार अभियुक्त १२ वर्षपछि पक्राउ- कञ्चनपुरमा मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक अभियुक्त १२ वर्षपछि आज पक्राउ परेका छन् । पक्राउ पर्नेमा साविकको पिपलाडी गाविस–३ का ४५ वर्षीय गणेशप्रसाद जोशी रहेका छन् ।

जोशीले पिपलाडीकै एक महिलालाई ललाईफकाई बेचबिखन गर्न भारतको नयाँ दिल्ली पु¥याएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ति महिलाका आफन्तले २०६४ सालमा जोशीविरुद्ध मानव बेचबिखनको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । प्रहरीले जोशीविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । जिल्ला अदालतले २०६६ जेठ २५ गते उक्त मुद्दाको फैसला गर्दै जोशीलाई २० वर्ष कैद तथा रु दुई लाख जरिवाना गरेको थियो ।

फारर अभियुक्त जोशीलाई जिल्ला प्रहरी कार्यालयको टोलीले उनकै घरबाट पक्राउ गरेको हो । प्रहरीले उनलाई आजै जिल्ला अदालत समक्ष पेश गरेको थियो । जिल्ला अदालतले अभियुक्त जोशीलाई कारागार चलान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर