विभिन्न पार्टी परित्याग गरी १३ जना नेकपा (एकीकृत समाजवादी ) प्रवेश — OSNepal

विभिन्न पार्टी परित्याग गरी १३ जना नेकपा (एकीकृत समाजवादी ) प्रवेश

LC (KTM) September 29, 2021 0

अर्घाखाँची । अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका वडा नम्बर ५ बाँगीमा विभिन्न पार्टी परित्याग गरी नेकपा एकीकृत समाजवादी प्रवेश गरेका छन । मालारानी गाउँपालिकाको वडा नम्बर ५ बाँगीको नेकपा माओवादी पालिका कमिटी सदस्य पितम्बर भुसाल सहित १३ जना प्रवेश गरेका हुन । प्रवेश गर्नेमा राम प्रसाद भुसाल (माओवादी केन्द्र ) ,सालिकराम भुसाल (काङ्ग्रेस ) ,रामचन्द्र विक (एमाले ), वसन्त भुसाल (माओवादी ) , क्रमश बाबुराम बिक, नारायण बिक,पदमा बिक,कमला भुसाल,सुमित्रा भुसाल ,प्रवता भुसाल, रेमकला टमाटो र तारा टमाटो लाई नेकपा (एस) अर्घाखाँचीका अध्यक्ष राम बहादुर चौहानले पार्टीमा स्वागत गरेका थिए ।

माओवादी केन्द्रसँग कुनै एजेण्डा नभएको र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै पार्टी एकीकृत समाजवादी लाई सहयोग गरेको भनेको अभिव्यक्ति दिन थालेपछि पार्टी विधि पद्धति र नियममा नचलेकोले आफूहरू समयमै नेकपा एकीकृत समाजवादि प्रवेश गरेको नेकपा (एस) जिल्ला सदस्य तथा बाँगीका इन्चार्ज पितम्बर भुसालले बताएका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर