एयरपोर्टमा यस्तो अबस्थामा फेला परे सलमान, फ्यानले उडाए मजाक — OSNepal

एयरपोर्टमा यस्तो अबस्थामा फेला परे सलमान, फ्यानले उडाए मजाक

LC (KTM) September 29, 2021 0

बलिउड सुपरस्टार सलमान खान आईतबार मुम्बई फर्किएका छन् । उनी केही दिन देखी ओभरसीज शुटिंगमा रहेका थिए । टाइगर ३ को शुटमा बिजी रहेका थिए । मुम्बई फर्किएका सलमान बिग बोस १५ को ग्राण्ड प्रिमियर एपिसोड शुटिंग गर्नेछन् ।

एयरपोर्टमा देखीएका सलमानको लुक एकदमै भाइरल भएको छ । सलमानले ब्लाक टीशर्ट , ओपन ब्लु शर्ट, रिप्ड जिन्स, राउण्ड ह्याट लगाएका छन् । यी सबै कुरा त ठिकै थियो तर फ्यानहरुको ध्यान सलमानले लगाएको ड्रेसमा नभएर मास्कमा रहेको थियो ।

सलमानले कस्टाइज मास्क लगाएका थिए । मास्कमा एस के लेखिएको थियो । तर नोटिस गर्ने कुरा यो थियो कि एस के उल्टो देखिईरहेको थियो । यसैक्रममा अब अरुलाई थाहा छैन कि सलमान खानले लगाएको मास्क उल्टो हो या फेरी एस के मास्क उल्टो नै लेखिएको हो ।

यो मास्क स्टुडियो ६ ज्वेलले डिजाइन गरेको थियो । मास्कको डिजाइनले फ्यानहरुलाई एकदमै दुबीधामा पारिदिएको छ । यसैबीच सलमानको ड्यासिंग लुक्स लाई नै मास्कले ओझेलमा पारिदिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर