श्रीपेच काण्डपछि नारायणयहिटी संग्रहालयमा थप सतर्कता अपनाइयो — OSNepal

श्रीपेच काण्डपछि नारायणयहिटी संग्रहालयमा थप सतर्कता अपनाइयो

LC (KTM) September 29, 2021 0

काठमाडौं । नारायणहिटी संग्रहालयभित्र सोकेसमा राखिएको खुकुरी निकाली बुलेटप्रुफ सिसा फुटाएर श्रीपेच चोर्ने असफल प्रयास भएपछि संग्रहालय प्रशासनले सुरक्षा रणनीति परिवर्तन गर्ने भएको छ ।

गत शुक्रबार मानसिक अवस्था ठीक नभएका २५ वर्षे एक युवकले रूपन्देही कक्षमा नेपाली सेनाको सुरक्षा घेराभित्र राखिएको श्रीपेच चोर्ने प्रयास गरेसँगै सुरक्षा कडाइ गर्न लागिएको हो ।

नारायणहिटी संग्रहालय विकास समितिले संग्रहालयको विभिन्न कक्षमा प्रदर्शनीमा राखिएका अति संवेदनशील हातहतियार बन्दुकलगायत सामग्री अवलोकन गर्न आउनेले भेट्न नसक्ने गरी राख्ने र संग्रहालय प्रवेश गर्ने व्यक्तिको अवस्थाबारे समेत अध्ययन गर्ने तयारी गरेको छ ।यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

संग्रहालय प्रमुख भेषनारायण दाहालले पूर्ण सुरक्षित कक्षको बुलेटप्रुफ सोकेसमा राखिएको श्रीपेच चोर्ने प्रयासलाई असामान्य रूपमा लिएको जानकारी गराउँदै आइन्दा यस्तो विषय दोहोरिन नदिन सुरक्षा सतर्कता अपनाइने बताउनुभयो ।

एक युवकले श्रीपेचसँगै सोकेसमा राखिएको खुकुरी निकालेर बुलेटप्रुफ सिसामा हिर्काउन खोज्दा नेपाली सेनाको सुरक्षा टोलीले निजलाई पक्राउ गरेको जिकिर गर्दै उहाँले भन्नुभयो– ‘त्यसबाट के बुझ्न सकिन्छ भने संग्रहालयमा सुरक्षा चुनौती अहिले पनि कायम छ, अब संग्रहालय अवलोकन गर्नेमाथि निगरानी बढाउन नयाँ सुरक्षा रणनीति बनाउन लागेका हौ‍ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर