लता मंगेशकरको जन्मदिनमा उदित नारायण झा ले दिए सिक्रि उपहार,फ्यानले गरे प्रशंसा — OSNepal

लता मंगेशकरको जन्मदिनमा उदित नारायण झा ले दिए सिक्रि उपहार,फ्यानले गरे प्रशंसा

LC (KTM) September 29, 2021 0

उदित नारायण झा तथा सुर साम्राज्ञी लता मंगेशकरले फिल्म उद्योगका लागि धेरै सुपरहिट गीतहरु दिएका छन् । उदित नारायण दाबी गर्छन् कि उनको जेनेरेशनमा उनी एकलौटी यस्ता गायक थिए जस्ले लता मंगेशकरको साथमा धेरै गीतहरु गाएका छन् ।

लता मंगेशकरको जन्म दिनको मौकामा उदित नारायण धेरै कुराहरु गर्ने गर्छन् । उनी लताको साथमा भएका आफ्ना कहानी तथा किस्साहरु सुनाउन कुनै मौका छोड्दैनन् । आजतक डट इन संग कुरा गर्दै उदितले भने– म आफैलाई यो जेनेरेशनको भाग्यमानी गायक संझिन्छु किनकि लता जि संग सबैभन्दा बढी गीत गाउने मौका मैले पाएको छु ।

यसको अलवा उनी मलाई एक सानो भाईको रुपमा एकदमै धेरै माया गर्छिन् । जब देखी मेरो उनी संग भेट भयो त्यहाँ देखी एक से एक फिल्मको गानाहरु गर्ने मौका मिलेको छ । हामी दुई जनाले एकदमै धेरै सुपरहिट गितहरु दिएका छौ । त्यस्तै उनले अर्काे एक किस्सा समेत सुनाए ।

१९९२ मा बैंगलोरको एक स्टेडियममा शो भएको र आफ्नो जन्मदिन त्यहि दिन रहेकोले लताले आफुलाई लाखौ दर्शकको अगाडी सुनको सिक्रि गिफ्ट गरेको उनले बताए । त्यहि बेला लताले नै उदितलाई प्लेब्याक सिंगरको प्रिन्सको उपाधी समेत दिएको उदितले सुनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर