OSNepal आइतबार, मंसिर १९ २०७८

तनहुँमा मोटरसाइकलको ठक्करबाट चेतकुमारीको ज्यान गयो

तनहुँमा मोटरसाइकलको ठक्करबाट चेतकुमारीको ज्यान गयो

  • OSNepal
  • बुधबार, असोज १३ २०७८


तनहुँमा मोटरसाइकलको ठक्करबाट चेतकुमारीको ज्यान गयो
Reading Time: < 1 minute

दमौली, १३ असोज-पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ देउरालीमा आज बिहान मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ निवासी ७२ वर्षीया चेतकुमारी जैशी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

छिर्कनेबाट दमौलीतर्फ आउँदै गरेको ग१६प १६७७ नंको मोटरसाइकलको ठक्करबाट घाइते जैशीलाई रत्नहरि अस्पताल ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । मोटरसाइकल र चालक प्रहरी नियन्त्रणमा छन् । (रासस)

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड