• २०७८ कार्तिक १ सोमबार

ताजा अपडेट

धेरै पढिएको

यूईएफए च्याम्पियन्स लिग फुटबल : एफसीसँग रियल पराजित

यूईएफए च्याम्पियन्स लिग फुटबल : एफसीसँग रियल पराजित


  • ओएसनेपाल
  • असोज १३ २०७८, बुधबार
  • ४:११ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 1K
    SHARES

    काठमाडौं,१३ असोज – यूईएफए च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब रियल मड्रिड पराजित भएको छ । मंगलबार राति भएको खेलमा रियल मोल्डेभाको एफसी सेरिफसँग २-१ गोल अन्तरले पराजित भएको हो ।

    खेलको २५औँ मिनेटमा जासुरबेक याख्सिबोभले गोल गर्दै सेरिफलाई असुरुवती अग्रता दिलाए । ६५औँ मिनेटमा करिम बेन्जिमाले पेनाल्टीमा गोल गर्दै रियललाई १-१ गोलको बराबरीमा फर्काए । तर, खेलको ८९औँ मिनेटमा सेबास्टियन थिलले गोल गर्दै सेरिफलाई २-१ को जित दिलाए ।

    जितसँगै समूह ‘डी’को सेरिफले दुई खेमा ६ अंक जोडेको छ । र, शीर्ष स्थानमा रहेको छ । रियल तीन अंक जोडेर दोस्रो स्थानमा छ ।

    समूह ‘डी’को अर्को खेलमा इन्टर मिलानले शाख्तर डोनेक्ट्ससँग गोलरहीत बराबरी खेलेको छ । इन्टर एक अंक जोडेर तेस्रो र शाख्तर एक अंक जोडेर पुछारमा छ ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend