बान्द्रामा अभिनेत्री करिनाको राखेको पार्टीमा एक्कासी यि व्यक्ति आएपछि खैलाबैला — OSNepal

बान्द्रामा अभिनेत्री करिनाको राखेको पार्टीमा एक्कासी यि व्यक्ति आएपछि खैलाबैला

LC (KTM) September 29, 2021 0

सोमबार बलिउड अभिनेत्री करीना कपुर खानले आफ्नो बान्द्रा स्थित घरमा सानो पार्टी राखेकी थिईन् । जसमा उनका एकदमै नजिकका साथीहरु समेत रहेका थिए । पार्टीमा फेशन डिजाईनर मनीष मल्होत्रा , करण जोहर, करिश्मा कपुर, अमृता अरोडा सहभागी भएका थिए ।

मनीषले आफ्नो इन्ष्टाग्राममा यस तस्बीर लाई शेयर गरेका छन् । तर शेयर गरिएको फोटोमा एक ब्यक्तिको फेस जसलाई देखेर फ्यानहरु छक्क परेका छन् । करीनाको पार्टीमा ती अनजान अनुहारको तुलना युजर्सहरुले बलिउडका महशुर गायक उदिनारायण झा संग गरेका छन् ।

उदित जस्तै देखीने ति ब्यक्ति उदित नभएर डिजाइनर संजय मिश्रा रहेका थिए । मनीषले फोटोमा उनको नाम समेत ट्याग गरेका छन् । करीनाको छेउमै रहेका संजयलाई देखेर युजर्सहरुको कमेन्ट आउन सुरु गरेको छ ।

एक युजरले लेखेका छन्– उदितनारायण यहाँ के गरिरहेका छन् ? त्यस्तै अर्का युजरले लेखेका छन्– यो लामो कपालवाला कार्टुन को हो फेरी ? यी उदित जस्ता ब्यक्ति लाई देखे पछि उनको बारेमा युजरहरुले एकदमै चासो राखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर