१० बुँदे सहमतिको अक्षरशः कार्यान्वयन नभए पार्टी फेरि संकटग्रस्त हुने नेता रावलको चेतावनी — OSNepal

१० बुँदे सहमतिको अक्षरशः कार्यान्वयन नभए पार्टी फेरि संकटग्रस्त हुने नेता रावलको चेतावनी

LC (KTM) September 29, 2021 0

काठमाडौं असोज १३ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले १० बुँदे सहमतिको अक्षरशः कार्यान्वयन नभए पार्टी फेरि संकटग्रस्त हुने चेतावनी दिएका छन् ।

आज बुधबार बिहान एक कार्यक्रममा नेता रावलले महाधिवेशनमा १० बुँदे समहति अनुसार प्रतिनिधित्व हुनुपर्ने भन्दै यस्तो चेतावनी दिएका हुन् ।

१० बुँदे सहमतिको अक्षरशः कार्यान्वयन गर्नुपर्छ । विधान महाधिवेशनमा पनि त्यसै अनुसार प्रतिनिधित्व हुनुपर्छ भनेका रावलले कार्यक्रममा भने , ‘सुदूरपश्चिम प्रदेश होस् कि अन्य कुनै पनि ठाउँका नेता कार्यकर्तामाथि कुनै पनि अन्याय हुनुहुन्न ।’

आफुहरुले नीति, निर्णय, विधि, पद्धति र प्रणालीमा जोड दिएका भन्दै उनले “सुदूरपश्चिम प्रदेशको इन्चार्ज को हो भन्ने १० बुँदे सहमतिमै स्पष्ट भएको लेखिएको समेत कार्यक्रममा खुलासा गरेका छन् ।

‘पहिले म सुदूरपश्चिम प्रदेश समन्वय कमिटीको संयोजक थिएँ, एकीकरणपछि इन्चार्ज भएँ । २०७५ जेठ २ अगाडि जाने हो भने यसमा कुनै समस्या नै आउँदैन । आफूलाई जे मन लाग्यो, त्यही गर्ने छुट कसैलाई छैन ‘ रावलले भने ।

१० बुँदे सहमति कार्यान्वयनका लागि केन्द्रीय कमिटीको अन्तर पार्टी निर्देशन- १२ कार्यान्वयन हुने आशा रहेको समेतभ उनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर