प्रताप 'रिसाउ न त रिसाउ'मा दिनेश र बिष्णुको रोमान्स ( भिडियो ) — OSNepal

प्रताप ‘रिसाउ न त रिसाउ’मा दिनेश र बिष्णुको रोमान्स ( भिडियो )

LC (KTM) September 29, 2021 0

काठमाडौं– गायक प्रताप दासको स्वरमा समावेश ‘रिसाउ न त रिसाउ’ बोलको प्रेमिल शैलीको म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतमा शब्द रविन बिस्ट र कृष्ण कार्कीको रहेको छ। नविन कार्कीले संगीतवद्द गरेको यस गीतलाई विशाल निरौलाले संगीत संयोजन गरेका हुन्।

अमेरिकामा छायांकन भएको भिडियोमा शैलेश घलेको छायांकन र बिष्णु खड्काको सम्पादन रहेको छ। रिसाएकी प्रेमिकालाई फकाउने कोसिसको सुन्दर जोडीको रोमान्टिक कथा भिडियोमा देख्न सकिन्छ। म्युजिक भिडियोमा दिनेश खनाल र बिष्णु मिश्र फिचर्ड छन्।

बिक्की पुलामीको निर्देशनमा भिडियो तयार पारिएको हो। मोडल खनालको आधिकारिक च्यानल ‘दिनेश खनाल अफिसिएल’ मार्फत भिडियो सार्वजनिक गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर