प्रेमिकालाई अंगालो हाल्न हात फैलाएपछि डराए भागेको रहस्य यसरी सुनाए रणवीर कपुरले — OSNepal

प्रेमिकालाई अंगालो हाल्न हात फैलाएपछि डराए भागेको रहस्य यसरी सुनाए रणवीर कपुरले

LC (KTM) September 29, 2021 0

काठमाडौं, १२ असोज-बलिउड स्टार रणवीर कपुरले आज आफ्नो ३९औं जन्मदिन मनाइरहेका छन् । रकस्टार, बर्फी, सन्जुजस्ता सुपरहिट फिल्म दिएका रणवीर २८ सेप्टेम्बर १९८२ मा मुम्बईमा जन्मिएका हुन् ।
बच्चामा निकै चकचके स्वभावका उनी पढ्न पटक्कै मन गर्दैनथे । स्कुल गए पनि उनले धेरै पटक कक्षा छाडेर शिक्षकको गाली खानुपरेको थियो । खेलकुदमा चाहिँ निकै रुचि राख्ने उनी कहिल्यै अभिनेता बन्ने सोचमा थिएनन् रे । एक टिभी शोमा उनले आफू पढ्नुको झन्झटले फिल्ममा लागेकोसमेत बताएका थिए । यस्तो छ उनको बाल्यकाल र फिल्मी करिअर स्

पढ्ने झन्झटले फिल्ममा

पढ्ने भनेपछि मरेजस्तो गर्ने रणवीर खासमा आफू पढाइबाट बच्नका लागि फिल्ममा आएको बताउँछन् । ‘हाम्रो परिवारमा सबैभन्दा बढी पढेको मै हुँ,’ केही समयअघि उनले कपिल शर्मा शोमा भनेका थिए, ‘हाम्रो परिवारमा सबैले कम पढेका छन् । मेरो बुबा ऋषि कपुरले त स्कुलसमेत पास गर्नुभएको छैन । मैले त १२ क्लाससम्म पढेको छु । यो धेरै हो ।’ उनले आफूलाई बच्चैदेखि पढ्न मनै नलाग्ने, तर खेलकुदमा भने बहुत रमाइलो लाग्ने गरेकाले पढाइ कमजोर भएको बताए । ‘खासमा म कलाकार बन्नै चाहन्नथें । मलाई कुनै रुचि थिएन । तर, जब मलाई थाहा भयो, फिल्म उद्योगमा लाग्यो, यतै व्यस्त भइयो भने पढाइतिर लाग्नुपर्दैन । त्यसैले म पढाइबाट बच्नका लागि फिल्ममा लागेको हुँ ।’

स्कुल सकेपछि उनी फिल्म पढ्नका लागि अमेरिका गएका थिए । त्यसपछि उनी सन् १९९९ मा ‘आ अब लौट चले’ फिल्ममार्फत असिस्टेन्ट डाइरेक्टरका रूपमा फिल्म उद्योगमा कदम राखेका थिए ।

ऐश्वर्यालाई ‘एम्प्रेस्ड’ गर्न बोले झुट

रणवीरले ‘आ अब लौट चले’ मा सहायक निर्देशकका रूपमा काम गरेका थिए । त्यो फिल्ममा अभिनेत्री थिइन् ऐश्वर्या राय । रणवीर त्यतिबेला ऐश्वर्याका कट्टर फ्यान थिए । उनी ऐश्वर्यालाई ज्यादै मन पराउँथे । उनले लन्डनमा फिल्म सुटिङ भइरहेको बेलामा ऐश्वर्यालाई प्रभावित पार्न झुट बोलको थिए । उनले आफूले ६५ प्रतिशत नम्बर ल्याएको भनेर गफ लगाएका थिए । खासमा उनको नम्बर ५४।३ प्रतिशत मात्रै थियो । त्यसको झन्डै १७ वर्षपछि ऐश्वर्या र रणवीर प्रेमीप्रेमिका भएर अभिनय गरे– ए दिल है मुस्किलमा । सो फिल्ममा उनीहरूको बोल्ड सिन देखेर दर्शकहरू चकित परेका थिए ।

८ कक्षामै पहिलो गर्लफ्रेन्ड

केही वर्षयता आलिया भट्टसँग प्रेममा रहेका रणवीर गर्लफ्रेन्ड बनाउने मामिलामा बच्चैदेखि माहिर थिए । उनले आफूले ८ कक्षामै पहिलो गर्लफ्रेन्ड बनाएको बताउने गर्छन् । उनले ती गर्लफ्रेन्डलाई आफ्नो घरको छतमा भेट्न बोलाएका थिए । गर्लफ्रेन्ड पहिला नै गएर छतमा लुकेकी थिइन् । जब रणवीर छतमा गएर गर्लफ्रेन्डलाई अंगालो हाल्न हात फैलाए, ती युवती डराउँदै त्यहाँबाट भागेकी थिइन् ।

साँवरिया हैन पहिलो फिल्म

रणवीर अभिनित पहिलो फिल्मका रूपमा सञ्जयलीला भन्सालीले सन् २००७ मा निर्माण गरेको साँवरियालाई लिइन्छ । खासमा रणवीरले अभिनय गरेको पहिलो फिल्म साँवरिया होइन । उनले सन् २००४ मै एउटा सर्ट फिल्म खेलेका थिए । त्यो फिल्म थियो, बिआर चोपडाका नाति अभय चोपडाले निर्माण गरेको( कर्मा । त्यो सर्ट फिल्म स्टुडेन्ट अस्कर अवार्डको नोमिनेसनमा समेत परेको थियो । रणवीरको साँवरिया फ्लप फिल्म हो । फिल्म फ्लप भए पनि उनको अभिनयले भने तारिफ पाएको थियो । त्यसपछि आजसम्म रणवीरले पछि फर्केर हेर्नुपरेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर