कारागारमा कैदीहरुबीच भएको झडपमा परि २४ जनाको ज्यान गयो, ४२ घाइते — OSNepal

कारागारमा कैदीहरुबीच भएको झडपमा परि २४ जनाको ज्यान गयो, ४२ घाइते

LC (KTM) September 29, 2021 0

क्वीटो १३ असोज -इक्वेडरको एक कारागारमा भएको झडपमा परेर कम्तीमा पनि २४ जना कैदीको ज्यान गएको बताइएको छ । यहाँको कारागारमा राखिएका कैदीहरुबीच भएको झडपमा उनीहरु मारिएका हुन् ।त्यस क्रममा अरु ४२ जना घाइते भएका छन् ।

घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । मंगलबार यहाँको समुन्द्रीय तटीय नगर गाकुइलमा रहेको जेलमा सो झडप भएको थियो । यहाँको राष्ट्रिय प्रहरीले ती कैदीहरुबीच के कति कारणले झडप भएको हो भन्ने बारेमा अनुसन्धान जारी रहेको जनाएको छ ।(रासस÷सिन्ह्वा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर