देउवाको यो निणर्यबाट मन्त्री बन्ने लाइनबाट हटे नारायणकाजी,यी हुन् माओवादीका सम्भावित मन्त्रीहरु — OSNepal

देउवाको यो निणर्यबाट मन्त्री बन्ने लाइनबाट हटे नारायणकाजी,यी हुन् माओवादीका सम्भावित मन्त्रीहरु

LC (KTM) September 29, 2021 0

काठमाडौँ १३ असोज । नेकपा ९माओवादी केन्द्र०का नेता नारायणकाजी श्रेष्ठको मन्त्री हुने सपना तुहिएको छ ।

गठवन्धन सकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसको सरकारबाट मन्त्री हुने सुचीमा श्रेष्ठ हटेका हुन् । यस अघि नै दुई मन्त्री माओवादीको तर्फबाट बनिसकेकाले अब माओवादीको भागमा १ राज्यन मन्त्री सहित ४ जनाको भाग रहेको छ ।

मन्त्री हुन इच्छा देखाएका श्रेष्ठ प्रधानमन्त्री शेरबहादुर देउवाले उपप्रधानमन्त्री पद नै नराख्ने निर्णय गरेपछि मन्त्रीहुने लाईनबाट हटेका हुन् ।

मन्त्रीको नाम टुंगाउन छलफलमा जुटेको माओवादी केन्द्रले हरिबोल गजुरेल, देवेन्द्र पौडेल, सुरेशकुमार राई र सुदन किरातीमध्येबाट २ जना मन्त्री छान्ने योजना रहेको छ ।

त्यस्तैगरी, महिला तर्फबाट भने जयपुरी घर्ती, अञ्जना विशंखे र शशी श्रेष्ठ मध्येबाट एकजना मन्त्री बन्ने लगभग पक्का भएको छ । त्यस्तैगरी, मधेस कोटाबाट मातृका यादव, अमनलाल मोदी र शिवकुमार मण्डलको सम्भावना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर