प्रदेश २ मुख्यमन्त्री कार्यालयमा अख्तियारको टोली छापा मार्न पुगेपछि... — OSNepal

प्रदेश २ मुख्यमन्त्री कार्यालयमा अख्तियारको टोली छापा मार्न पुगेपछि…

LC (KTM) September 29, 2021 0

जनकपुर, १३ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रादेशिक कार्यालयले प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा छापा मारेको छ ।

‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ अभियान अन्तर्गत वितरण गरिएको साइकल खरिदमा अनियमितता भएको आशंकामा मुख्यमन्त्रीको कार्यालयमा आयोगको टोलीले छापा मारेको हो ।

अख्तियारका अनुसार प्रदेश कार्यालय बर्दिबासबाट खटिएको पाँच जनाको टोली मुख्यमन्त्री कार्यालयमा कागजात अध्ययन र अनुसन्धानको क्रममा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर