नेपालका चलेका सिंगल गायिकाहरुले जिवन साथी रोज्ने क्रम जारी , ईन्दिरा जोशी पछि अब प्रबिशा अधिकारीको पालो — OSNepal

नेपालका चलेका सिंगल गायिकाहरुले जिवन साथी रोज्ने क्रम जारी , ईन्दिरा जोशी पछि अब प्रबिशा अधिकारीको पालो

LC (KTM) September 29, 2021 0

नेपाली मनोरञ्जनको जगतमा चलेका गायिकाहरु बिबाह बन्धनमा बाँधिने क्रम सुरु भएको छ । कसैलाई सुइको समेत नदिएकी चलेकी गायिका ईन्दिरा जोशीले फेसन डिजाईनर शरद केडिया संग खुम्बुमा सुटुक्क इन्गेजमेन्ट गरिन् । उनले सबैलाई सरप्राइज नै दिईन् ।

यो जोडी अहिले मस्तिमा रहेको छ । खुलेर हिड्न थालेको छ । अब ईन्दिरा पछि अर्की चलेकी गायिका प्रविशा अधिकारी पनि बिबाह बन्धनमा बाँधिने पक्का भएको छ । आफ्नो जादुमय स्वरले सबै दर्शक तथा स्रोताको मन जित्न सफल यी गायिकाले भने निर्माण सिटौलाको मन जिन्दगीभरका लागि जितेकी छिन् ।

आगामी मंसिरमा प्रेमी निर्माण सिटौलासँग प्रविशाले विवाह गर्न लागेको केही संचारमाध्यमहरुले जनाएका छन् । उनको प्रेमी निर्माण भने हाल अमेरिकामा रहेका छन् । उनीहरुले यहि असोजमै बिबाह गर्ने तयारी गरेका थिए तर अब उनीहरुले मंसिरका लागि आफ्नो बिबाह तय गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर