• २०७८ कार्तिक २ मंगलबार

ताजा अपडेट

धेरै पढिएको

वर्ल्ड लिंकले ट्राफिक प्रहरीलाई दियो विद्युतीय स्कुटर

वर्ल्ड लिंकले ट्राफिक प्रहरीलाई दियो विद्युतीय स्कुटर


  • ओएसनेपाल
  • असोज १३ २०७८, बुधबार
  • ३:१६ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 2K
    SHARES

    काठमाडौँ, १३ असोज-वल्र्डलिङ्क कम्युनिकेशन लिमिटेडले ट्राफिक प्रहरीलाई स्कुटर सहयोग गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा आज आयोजित कार्यक्रममा लिमिटेडका कार्यकारी निर्देशक मनोज अग्रवालले महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईलाई स्कुटरको साँचो हस्तान्तरण गर्नुभयो ।

    कार्यक्रममा कार्यकारी निर्देशक अग्रवालले दैनिक सडक प्रयोगमा हुने समस्या समाधानमा स्कुटरले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले वातावरणमैत्री स्कुटरले ध्वनि प्रदूषण तथा वातावरण प्रदूषणमा समेत योगदान पुग्ने स्पष्ट पार्नुभयो ।

    कार्यक्रममा महाशाखाका प्रमुख भट्टराईले स्कुटरलाई भरपुर उपयोग गरी ट्राफिक प्रहरीको काम कारबाहीमा प्रयोग गरिने बताउनुभयो । उहाँले स्कुटरले थप प्रभावकारीरुपमा काम गर्न सहयोग गर्ने र सडक व्यवस्थापन तथा अनुगमनमा सहजता प्रदान गर्ने विश्वाससमेत व्यक्त गर्नुभयो । कार्यक्रममा महाशाखाका ट्राफिक प्रहरी तथा वल्र्डलिङ्कका पदाधिकारीको सहभागिता रहेको थियो । (रासस)

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend