कोरोना बिमाको रकम भुक्तानी गर्न अर्थमन्त्री शर्माको निर्देशन , संझौता अनुसार अब बिमा रकम देला त बिमा कम्पनीले ? — OSNepal

कोरोना बिमाको रकम भुक्तानी गर्न अर्थमन्त्री शर्माको निर्देशन , संझौता अनुसार अब बिमा रकम देला त बिमा कम्पनीले ?

LC (KTM) September 29, 2021 0

कोरोनाको महामारीका बेला त्रसित बनेका नेपाली जनतालाई बिमा कम्पनीहरुले कोरोनो बिमा गराएर ठुलै राहत त दिए । तर जब कोरोनाको संख्या बढ्दै गयो र भुक्तानी गर्नु पर्ने अवस्था आयो बिमा कम्पनि सरकार संगको संझौतालाई देखाएर पन्छिने काम गर्यो ।

अहिले सम्म बिमितहरुको अरबौ रुपैया दिन आलटाल गरिरहेको छ बिमा कम्पनी । यहि बेला सबैको नजरमा बसेका अर्थमन्त्री जनार्दन शर्माले भुक्तानी गर्न बाँकी कोरोना बिमाबारे चासो देखाएका छन् । उनले यस बिषयमा छलफल सुरु गरेका छन्।

मन्त्री शर्माले आज बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाललगायत पदाधिकारीलाई बोलाएर कोरोना बिमा भुक्तानीका लागि आवश्यक स्रोत–साधन र उपायका विषयमा छलफल गरेका हुन्।अर्थमन्त्री शर्माले यस विषयमा थप अध्ययन गरेर आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन् ।

उनले रकम भुक्तानीको तयारी थाल्न समितिलाई निर्देशन समेत दिए। अहिले विभिन्न बिमा कम्पनीले बिमितलाई ११ अर्बभन्दा बढी रकम भुक्तानी दिन बाँकी रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर