आईपीएल क्रिकेटमा राजस्थानलाई हराउँदै बैंग्लोर बिजयी — OSNepal

आईपीएल क्रिकेटमा राजस्थानलाई हराउँदै बैंग्लोर बिजयी

LC (KTM) September 29, 2021 0

रोयल च्यालेन्जर्स बैंगलोर ईन्डियन प्रिमियर लिग आईपीएल टी ट्वान्टी क्रिकेटको आज भएको खेलमा बिजयी भएको छ । दुबईमा आज राति सम्पन्न खेलमा बैंगलोरले राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गरेको हो ।

राजस्थानले बैंग्लोर लाई १ सय ५० रनको लक्ष्य प्रस्तुत गरेको थियो । राजस्थानले दिएको लक्ष्य बैंगलोरले १७ दशमलव १ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । बैंगलोरका लागि ग्लेन म्याक्स्वेलले अविजित रहदै ५० रनको अर्धशतकीय इनिङ्स खेले ।

श्रीकर भारतले ४४ , विराट कोहलीले २५ र देबदत्त पड्डीकलले २२ रन बनाएका थिए ।राजस्थानका मुस्ताफिजुर रहमानले २ विकेट लिएका थिए । यस अघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४९ रनको स्कोर बनाएको थियो ।

राजस्थानका लागि इभिन लेविसले ५८ रनको अर्धशतकीय इनिङ्स खेले तर पनि जित भने टर्न सकेनन्। बैंगलोरका हर्सल पटेल एक्लैले ३ विकेट लिएका थिए । युजभेन्द्र चाहल र शाहबाज अहमेदले समान दूई दुई विकेट लिए । आजको यो जितसँगै बैंगलोरले ११ खेलमा १४ अंक जोडेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर