सामुद्रिक आँधी गुलाबको प्रभावले महाराष्ट्रमा भीषण बर्षा , बर्षा संगै आएको बाढीका कारण १२ जनाको मृत्यु — OSNepal

सामुद्रिक आँधी गुलाबको प्रभावले महाराष्ट्रमा भीषण बर्षा , बर्षा संगै आएको बाढीका कारण १२ जनाको मृत्यु

LC (KTM) September 29, 2021 0

भारत महाराष्ट्रका धेरै स्थानमा केही दिन देखी भीषण वर्षा भइरहेको छ। बंगालको खाडीमा बनेको सामुद्रिक आँधी गुलाबको प्रभावले अत्याधिक बर्षा भईरहेको बीबीसीले जनाएको छ । बर्षाका कारण कतिपय ठाउँमा बाढी नै आएको छ ।

भारी बर्षा संगै आएको बाढीले १२ जनाको मृत्यु भएको त्यहाको प्रकोप व्यवस्थापन विभागले जनाएको छ । यो तथ्यांक पछिल्लो ४८ घण्टाको रहेको छ । पालघर जिल्लामा अहिले पनि भारी वर्षा भइरहेको छ।

मुम्बई–अममदाबाद राष्ट्रिय राजमार्गमा बाढीको पानी पसेका कारण यातायात प्रभावित भएको छ । मुम्बईमा पनि तीव्र वर्षा भइरहेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर