दाजु आर्यनको काखमा बसेर गेम खेलेको हेर्दै शाहरुख खानका साना छोरा अबराम , किंग खानले दिए यस्तो प्रतिक्रिया — OSNepal

दाजु आर्यनको काखमा बसेर गेम खेलेको हेर्दै शाहरुख खानका साना छोरा अबराम , किंग खानले दिए यस्तो प्रतिक्रिया

LC (KTM) September 29, 2021 0

बलिउडका किंग खान अर्थात शाहरुख खानकी पत्नी गौरी खानले हालै आफ्नो २ छोरा आर्यन खान र अबराम खानको एक खास फोटो शेयर गरेकी छिन् । जसमा शाहरुख खानका २ छोरा एक अर्का संग भिडियो गेम खेल्नमा ब्यस्त देखिएका छन् ।

गौरी खानले आर्यन तथा अबरामको फोटो शेयर गर्ने बित्तिकै शाहरुखलाई आफ्नो छोराहरुको यादले सताएको छ । छोराहरुको यो फोटोमा शाहरुखले रिएक्सन जनाएका छन् । अहिले शाहरुख खान आफ्नो आउन लागेको फिल्म पठानको शुटिंगमा एकदमै ब्यस्त रहेका छन् ।

यसैक्रममा आफ्नो छोराहरुको एक अर्का संगको प्यारो बोन्डिंग देखेर शाहरुख एकदमै खुशी भएका छन् । साथै आफ्ना दुबै छोराहरुलाई एकदमै मिस गरिरहेका छन् । फोटोमा अबराम आफ्नो दाजुको काखमा बसेर गेम हेरिरहेका छन् । आर्यनले भने आफ्नो भाई लाई गेम सिकाईरहेको देख्न सकिन्छ ।

शाहरुख खानले गौरीको पोष्टमा प्रतिक्रिया दिदै लेखेका छन्– गेम्स हैन बोन्डिंगको ताकत हो । भाई जो एक साथ खेल्छन्, मलाई लाग्छ कि उनीहरु साथै रहन्छन् । शाहरुख खान आफ्ना छोरा छोरीहरु संग समय बिताउन एकदमै मन पराउने गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर