एमसीसीबारे आफूले अमेरिकामा बोलेको कुरालाई गलत प्रचार गरिएको भन्दै परराष्ट्रमन्त्री खड्काले जनाए आपत्ती — OSNepal

एमसीसीबारे आफूले अमेरिकामा बोलेको कुरालाई गलत प्रचार गरिएको भन्दै परराष्ट्रमन्त्री खड्काले जनाए आपत्ती

LC (KTM) September 30, 2021 0

काठमाडौं १४ असोज । संयुक्त राष्ट्रसंघको ७६औँ महासभामा भाग लिएर आज बिहिबार मात्र स्वदेश फर्किएका परराष्ट्रमन्त्री डा. नारायण खड्काले अमेरिकी सहयोग परियोजना (एमसीसी)बारे आफूले अमेरिकामा बोलेको कुरालाई गलत प्रचार गरिएको भन्दै आपत्ती जनाएका छन् ।

स्वदेश फिर्किए लगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गरेका खड्काले एमसीसीको विषयमा आफुले नबोलेको विषयमा प्रसार प्रसार गरिएको भन्दै आपत्ती जनाएका हुन् ।

संशोधन हुनै नसक्ने विषय आफुले नबोलेको भन्दै उनले भने, “२९ भदौ २०७४ मा हामीले सम्झौतापत्रमा हस्ताक्षर गरेको हो । अहिले संशोधन गरौँ भन्दा एमसीसी लागु भएका अन्य देशहरूले के भन्छन्, अन्य देशहरूले ४२, ४५ देशहरूले पनि त्यसै गरौँ भन्छन् कि १ हामीले एकचोटि सही गरेर संशोधन गरौँ भन्दा अन्य देशहरूले पनि त्यसै भन्छन् कि भनेरचाहिँ मैले बोलेको हो” ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर