बलिउड अभिनेत्री आलिया भट्टलाई यसरी घेरा हालियो , बचाउनका लागि ब्वाइ फ्रेण्ड रणबीर कपुर बडीगार्ड बनेर यसरी अघि सरे — OSNepal

बलिउड अभिनेत्री आलिया भट्टलाई यसरी घेरा हालियो , बचाउनका लागि ब्वाइ फ्रेण्ड रणबीर कपुर बडीगार्ड बनेर यसरी अघि सरे

LC (KTM) September 30, 2021 0

बलिउडका चलेका नायक रणबीर कपुर गर्लफ्रेण्ड आलिया भट्ट संग आफ्नो ३९ औ जन्मदिन सेलिब्रेट गरेर बुधबार मुम्बई फर्किएका छन् । यसैक्रममा दुबै जनालाई जोधपुर एयरपोर्टमा भेटिएको थियो । एयरपोर्टमा उनलाई कैयौ फ्यानहरुले घेरेका थिए ।

कोही सेल्फीका लागि तछाड मछाड गरिरहेका थिए त कोही उनीहरुको नजिक नजिक गईरहेका देखिन्थे । सामाजिक सञ्जालमा यसो गरिरहेको भिडियो अहिले भाइरल भएको छ । जुन भिडियोमा अत्याधिक भिड भएको र आलियाको नजिक नजिक पुगेका सबै फ्यानहरु बाट रणबीरले बचाईरहेको देख्न सकिन्छ ।

उनीहरु दुबै जना मिडिया बाट बच्दै एकदमै छिटो छिटो एयरपोर्ट भित्र पसेको देख्न सकिन्छ । भिडियोमा आलियाले ब्राउन कलरको स्पोर्टस ब्रा लगाएकी छिन् जसमाथि उनले व्हाइट शर्ट लगाएकी छिन् । रणबीर कपुर ब्लाक ड्रेसमा देखिएका छन् । दुबैले ब्लाक शेड्स लगाएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर