टिचिगं अस्पताल भर्ना भएका माधव नेपालको छातीको सिटी स्क्यान गरेपछि आयो यस्तो नतिजा — OSNepal

टिचिगं अस्पताल भर्ना भएका माधव नेपालको छातीको सिटी स्क्यान गरेपछि आयो यस्तो नतिजा

LC (KTM) September 30, 2021 0

काठमाडौं, १४ असोज । नेकपा (समाजवादी एकीकृत)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको छातीको सिटी स्क्यान गरिएको छ ।

ज्वरो, वान्ता आउने, पेटको गडबढी र छातीमा समस्या भएपछि बुधबार त्रिवि शिक्ष अस्पातल भर्ना भएका उनको बिहीबार सिटी स्क्यान गरिएको अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले जानकारी दिए ।

उनका अनुसार शरीरको तापक्रम, रक्तचापको अवस्था भने सामान्य रहेको छ । अध्यक्ष नेपालको अहिले मौसमी भाइरल ज्वरोको उपचार भइरहेको अधिकारीले जानकारी दिए । उनका अनुसार अध्यक्ष नेपालको पीसीआर रिपोर्ट भने नेगेटिभ आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर