झरना थापाको चलचित्र ‘ए मेरो हजुर - ४’ कहिले प्रर्दशन हुन्छ ? पहिलो पटक बोलीन् झरना — OSNepal

झरना थापाको चलचित्र ‘ए मेरो हजुर – ४’ कहिले प्रर्दशन हुन्छ ? पहिलो पटक बोलीन् झरना

LC (KTM) September 30, 2021 0

काठमाडौं, १४ असोज-सरकारले हल खोल्ने अनुमति दिएपछि नेपाली चलचित्र निर्मातामा केही आशाको सञ्चार भए पनि चलचित्र प्रदर्शन गर्न हतारो भने गरेको देखिँदैन । पहिलो लकडाउनपछि प्रदर्शन भएका चलचित्रको व्यापारदेखि त्रसित निर्माताहरू यसपालि भने अलि संयमित देखिएका छन् । यद्यपि, बलिउडले लगालग चलचित्र प्रदर्शनको मिति सार्वजनिक गर्दा भने नेपाली निर्माताहरू आफ्नो चलचित्र कहिले प्रदर्शन गर्ने भनेर चिन्तित हुन पुगेका छन् ।

भारतको महाराष्ट्रमा २२ अक्टोवरबाट सिनेमा हल खुल्ने भएपछि धमाधम चलचित्र प्रदर्शन मिति तोक्न लागिएको छ । तर, नेपालमा भने अन्योलको अवस्था छ । केही चलचित्रले भने प्रदर्शन मिति सार्वजनिक गरेका छन् । ती हुन्- धन्दागिरी, डाँडाको वरपीपल, चोर र पुलिस, धूम-४, लप्पन छप्पन-२ र ए मेरो हजुर-४ ।

केही वर्षअघि नै निर्माण सम्पन्न भएको एनवी अन्जान निर्देशित ‘धन्दागिरी’ दशैंको अवसरमा २५ असोजमा प्रदर्शन गरिँदैछ भने सोही अवसरमा सोभित बस्नेत निर्देशित ‘डाँडाको वरपीपल’ २६ असोज हलमा प्रदर्शन गरिने भएको छ ।

त्यसगरी, यसपालिको तिहारमा भने दुइटा नेपाली चलचित्र दर्शकमाझ आउने तयारीमा छन् । चलचित्र हुन्- ‘चोर र पुलिस’ र ‘धूम-४’ । आरएल मोक्तानको निर्देशनमा बनेको ‘चोर र पुलिस’ १७ कात्तिकमा रिलिज हुँदैछ । जयकिशन बस्नेत निर्देशित ‘धूम-४’ १८ कात्तिकमा दर्शकमाझ ल्याइँदैछ ।

मुकुन्द भट्ट निर्देशित ‘लप्पन छप्पन-२’ भने शिवरात्रीको अवसरमा १३ फागुनमा प्रदर्शन गरिने छ । झरना थापाको चलचित्र ‘ए मेरो हजुर-४’ नयाँ वर्ष ०७९ को अवसर पारेर २५ चैतमा प्रदर्शन गरिने छ ।

तिहारपछि तत्कालै नेपाली दर्शकले कुन नेपाली चलचित्र हेर्न पाउने छन्, त्यो भने अहिलेसम्म टुंगो लागेको छैन । धमाधम हिन्दी सिनेमाको प्रदर्शन मिति तोकिनाले नेपाली निर्माताहरू आफ्नो चलचित्र प्रदर्शन गर्न डराइरहेका छन् । ठूलो ब्यानर तथा स्टार कलाकारका चलचित्रका निर्माता पनि हिन्दी तथा हिन्दी चलचित्रसँग जुध्ने डरले तनावमा रहेको पाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर