चितवन टाइगर्सद्धारा सन्दिप लामिछानेको काठमाण्डौ किङ्स ११ तीन विकेटले पराजित — OSNepal

चितवन टाइगर्सद्धारा सन्दिप लामिछानेको काठमाण्डौ किङ्स ११ तीन विकेटले पराजित

LC (KTM) September 30, 2021 0

चितवन टाइगर्स चौंथो संस्करणको ईपीएल टी ट्वान्टी क्रिकेटमा दोस्रो जित निकाल्न सफल भएको छ । आज टियु क्रिकेट मैदानमा भएको खेलमा काठमाडौं किङ्स ११ लाई पराजित गर्दै चितवनले दोस्रो जित निकालेको हो ।

चितवनले काठमाण्डौ माथि ३ विकेटको जित दर्ता गरेको हो । काठमाडौंले १ सय ४२ रनको लक्ष्य दिएको थियो । चितवनले १८ ओभर ४ बलमा ७ विकेट गुमाएर उक्त लक्ष्य पुरा गरेको थियो । चितवनको जितमा राजेश पुलामीले अविजित रहदै सर्वाधिक २६ रन बनाए ।कमल सिंह ऐरी २३, दिलिप नाथले २३ , करिम जनत २१ , मोहमद साहजदले २१ रन जोडेका थिए ।

काठमाडौंका लागि जितेन्द्र मुखिया र रायन बर्लले दुई दुई विकेट लिएका थिए भने जनक प्रकाश, सन्दीप लामिछाने र गुलशन झाले समना एक एक विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४१ रन बनाएको थियो ।

काठमाडौंका लागि सुवास खकुरेलले सर्वाधिक ३५ , राजु रिजालले २८ रन जोड्दा जनक प्रकाशले २६ रन जोडे । चितवनका सागर ढकालले ४ विकेट लिएका थिए भने करिम जनतले दुई विकेट लिए । काठमाडौंलाई हराएसँगै चितवन तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर